राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०८०
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।
  • आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार महामन्त्री राजाराम बर्तौला, भास्कर भद्रा, सुशील श्रेष्ठ तथा केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, सङ्गठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसैगरी सङ्घीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकाले प्रदेश संरचना खारेज गर्नुपर्ने बारेमा पनि आजको केन्द्रीय समितिमा छलफलसमेत हुने सो पार्टीले जनाइएको छ ।

आजको बैठकमा जनवर्गीय सङ्गठन, विभाग र समितिको छ महिने कार्ययोजना पनि प्रस्तुत हुने जनाइएको छ । बैठक भोलि बुधबारसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
मोदी मन्त्रीमण्डलमा एस. जयशंकर बने विदेशमन्त्री, अमित शाह र राजनाथ सिंहलाई गृह र रक्षाको जिम्मेवारी
मोदी मन्त्रीमण्डलमा एस. जयशंकर बने विदेशमन्त्री, अमित शाह र राजनाथ सिंहलाई गृह र रक्षाको जिम्मेवारी
तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छःप्रधानमन्त्री
तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छःप्रधानमन्त्री
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट
जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन – अध्यक्ष ओली
जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन – अध्यक्ष ओली
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
ओली प्रचण्ड विवाद, तीन दिनपछि वारपार