राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । युआन श्रीलङ्काको भ्रमण सम्पन्न गरी आइतबार नै काठमाडौं आइपुगेका हुन् ।

सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायतको सहभागिता थियो ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
उसुमा नेपाललाई स्वर्ण
उसुमा नेपाललाई स्वर्ण
भाषा आयोगले राना थारू भाषाबारे अनुसन्धान गर्दै
कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण
कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय
फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे