लागूऔषध सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
५० पटक हेरिएको
Shares
लागूऔषध सहित पक्राउ

सारांश

  • काठमाडौं, ८ पुस सप्तरी राजबिराज नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ४ सय १७ ट्याबलेट सहित शनिबार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा छिन्नमस्था गाउँपालिका-३ बस्ने २० वर्षीय मोहमद इसराइल, १९ वर्षीय करण यादव र बागलुङ कोढेखोला गाउँपालिका-३ बस्ने २१ वर्षीय निलसु मगर रहेका छन् ।
  • वडा प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने  क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं, ८ पुस

सप्तरी राजबिराज नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ४ सय १७ ट्याबलेट सहित शनिबार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिन्नमस्था गाउँपालिका-३ बस्ने २० वर्षीय मोहमद इसराइल, १९ वर्षीय करण यादव र बागलुङ कोढेखोला गाउँपालिका-३ बस्ने २१ वर्षीय निलसु मगर रहेका छन् । वडा प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने  क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा मेची नगरपालिका-६ स्थित शिला पथ्थर होटलका संचालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङस्थित बतासी बस्ने ५५ वर्षीय खेमल मण्डललाई लागूऔषध खैरो हेरोइन १९ ग्राम ५ सय मिलिग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो झापाबाट खटिएको प्रहरीले उक्त होटलको १ सय ६ नम्बरको कोठा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका-७ फुलबारीबाट लम्जुङ बेशीसहर नगरपालिका-८ बस्ने २० वर्षीय सुब्बा गुरुङलाई नियन्त्रित लागूऔषध नोर्फिन ५१ एम्पुल, फेनारगन ६१ एम्पुल, डाईजापाम ५९ एम्पुल र १ वटा प्रयोग गरेको सिरिन्ज सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख २६६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…
मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…
६३ रन पुराएर पारस अाउट
६३ रन पुराएर पारस अाउट
जेठ १७ गते शनिबारको राशिफल यस्तो छ
जेठ १७ गते शनिबारको राशिफल यस्तो छ
लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।