मालपोत कार्यालयमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
३८ पटक हेरिएको
Shares
मालपोत कार्यालयमा तोडफोड

सारांश

  • मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् ।
  • पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।
  • कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
कहिले पाउने ‘स्मार्ट चालक अनुमतिपत्र’ ?
कहिले पाउने ‘स्मार्ट चालक अनुमतिपत्र’ ?
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
चिनियाँ कम्युनिस्ट पार्टीले देशमा कसरी शासन गर्छ ?
चिनियाँ कम्युनिस्ट पार्टीले देशमा कसरी शासन गर्छ ?