प्रदेश प्रहरी नेतृत्व एआईजीलाई दिन लबिङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
प्रदेश प्रहरी नेतृत्व एआईजीलाई दिन लबिङ

सारांश

  • काठमाडौं, माघ २५ ।
  • मन्त्रिपरिषद्ले जगेडामा राखेका एआईजीहरूलाई नै प्रदेश प्रहरी प्रमुख बनाउन लबिइङ सुरु भएको छ ।
  • प्रदेश सरकारको गृह प्रशासनको नेतृत्व प्रथम श्रेणीका सहसचिवको नेतृत्वमा हुने र उनीहरूले विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिन व्यावहारिक कठिनाइ हुने भएपछि माघ १५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एआईजीहरूलाई जगेडामा राख्ने निर्णय गरेको थियो ।

काठमाडौं, माघ २५ । मन्त्रिपरिषद्ले जगेडामा राखेका एआईजीहरूलाई नै प्रदेश प्रहरी प्रमुख बनाउन लबिइङ सुरु भएको छ ।

प्रदेश सरकारको गृह प्रशासनको नेतृत्व प्रथम श्रेणीका सहसचिवको नेतृत्वमा हुने र उनीहरूले विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिन व्यावहारिक कठिनाइ हुने भएपछि माघ १५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एआईजीहरूलाई जगेडामा राख्ने निर्णय गरेको थियो ।

मस्यौदाको अन्तिम चरणमा रहेका स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐनमा प्रदेश सुरक्षा समितिको नेतृत्व प्रदेशको प्रमुख सचिवले गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयमा तीव्र दबाब छ ।

जबकि केन्द्रीय सरकारको संरचनामा मुख्य सचिवको भूमिका सुरक्षा समितिमा हुँदैन ।
एआईजी व्यवस्थापनकै निम्ति केन्द्र सरकारको गृह संरचनाभन्दा विपरीत हुने गरी ऐन संशोधन गर्न गृह मन्त्रालयमा तीव्र दबाब छ ।

स्रोतका अनुसार एआईजीहरूले आफू प्रदेश प्रहरी प्रमुखकै रूपमा रहने गरी ऐन निर्माण गर्न गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मनाइसकेका छन् । तर, प्रदेशको गृहसचिवको भूमिका निर्वाह गरिरहेका कर्मचारी भने एआईजी सट्टा डीआईजीलाई प्रदेश प्रहरीको कमान्ड दिनुपर्ने अडानमा छन् ।

एआईजी राख्नकै लागि प्रदेश सुरक्षा समितिको नेतृत्व प्रदेशका प्रमुख सचिवलाई दिँदा समस्या हुने उनीहरूको भनाइ छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेल्स नेदरल्यान्डसँग पराजित
वेल्स नेदरल्यान्डसँग पराजित
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी