लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares
लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण

सारांश

  • काठमाडौँ, ११ मंसिर नेपाली काँग्रेसका नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पहिलो चरणमा सम्पन्न निर्वाचनबाट लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा मिलेको बताउनुभएको छ ।
  • नेता खाँणले यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा जनताको साथ, सहयोग र समर्थनले लोकतन्त्रलाई सुदृढ गर्ने र काँग्रेसलगायत सबै राजनीतिक दललाई निर्वाचनले थप प्रेरणा मिलेको उल्लेख गर्नुभएको छ ।
  • संयोजक खाँणद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानानुसार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?