‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
४८ पटक हेरिएको
Shares
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी

सारांश

  • शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् ।
  • स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे, प्रजनन स्वास्थ्य, प्रयोगशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ ।
  • कार्यक्रमबाट महिला २९५, पुरुष १२३ लाई सेवा प्रदान गरिएको डा कपिल जोशीले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे, प्रजनन स्वास्थ्य, प्रयोगशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ ।

कार्यक्रमबाट महिला २९५, पुरुष १२३ लाई सेवा प्रदान गरिएको डा कपिल जोशीले बताउनुभयो । यसमध्ये ४१ को रगत परीक्षण गर्दा १५ मा उच्च रक्तचाप, छ जनामा मधुमेह देखिएको उहाँले बताउनुभयो । भिडियो एक्सरेद्वारा गर्भवती जाँचसमेत गरिनुको साथै उपचारका लागि पुगेका सबैलाई निःशुल्करूपमा औषधि वितरण गरिएको छ ।

उपचारका लागि पुगेकामध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या देखिएको छ डा जोशीले भन्नुभयो, “त्यसपछि छालारोग, बालबालिकालाई मौसमी ज्वरो र वृद्धवृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या देखापरेको छ ।” मातृशिशु मृत्यृदर घटाउन र गर्भवतीको अवस्था थाहा पाउनका लागि जिल्लामै पहिलोपटक गाउँमै भिडियो एक्सरे सेवासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख डा जोशीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका र विपन्नताका कारण टाढाको स्वास्थ्य संस्थामा उपचार गर्न नपाएका बासिन्दाले घरदैलोमै सेवा पाएका छन्, स्थानीयवासी जनकलाल डगौराले भन्नुभयो, “चिकित्सकीय सेवा गाउँमै पाउँदा सरकार आएको अनुभूति भएको छ ।” अपाङ्गता भएका व्यक्ति, दीर्धरोगी र ज्येष्ठ नागरिक कार्यक्रमबाट बढी लाभान्वित भएको उहाँले बताउनुभयो ।

सरकारले यस्ता जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम क्षणिकरूपमा नभई सधैँका लागि पु¥याउनुपर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष बहादुर महराले सञ्चालन भएको दुईदिने कार्यक्रमबाट वडा क्षेत्रका लक्षित वर्गले सेवा पाएको बताउनुभयो । उपचार कार्यक्रममा तीन चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमकोट विमान स्थल बन्द !
सिमकोट विमान स्थल बन्द !
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि
एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि
नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
ओलीलाई प्रचण्डको चेतावनी, नसच्चिए कडा रुपमा प्रस्तुत हुने !
ओलीलाई प्रचण्डको चेतावनी, नसच्चिए कडा रुपमा प्रस्तुत हुने !
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अब युरोप’
कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अब युरोप’