विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार छान्दा एमाले वैठकमा कसले के भने?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • ओलीको प्रस्ताव– विद्याका नाममा प्रचण्डसँग समझदारी छ, सर्वसम्मत निर्णय गरेर सकारात्मक सन्देश दिन आवश्यक छ ।
  • झलनाथको आक्रोश– पार्टीमा सल्लाह नै नगरी केका आधारमा समझदारी भयो ?
  • पार्टी हामीले पनि हाँकेका हौँ, के यो तपाईंको घर हो ?

ओलीको प्रस्ताव– विद्याका नाममा प्रचण्डसँग समझदारी छ, सर्वसम्मत निर्णय गरेर सकारात्मक सन्देश दिन आवश्यक छ ।

झलनाथको आक्रोश– पार्टीमा सल्लाह नै नगरी केका आधारमा समझदारी भयो ? पार्टी हामीले पनि हाँकेका हौँ, के यो तपाईंको घर हो ?

भुसालको चुनौती– संसदीय दलमा एजेन्डासहित तपाईंसँगै लड्ने तयारीमा थिएँ, तर अवसर किन दिइएन ? यो शैली पार्टीमा स्वीकार्य छैन ।

माधव नेपालको मध्यमार्ग पार्टीमा सल्लाह नगरी एकतर्फी निर्णय हुने गरेकोमा नेपालले आक्रोश पोखे । तर, राष्ट्रपति उम्मेदवारबारे मौन बसे ।

नेम्वाङको दुःखेसो– विदेशीले मलाई फादर अफ कन्स्टिच्युसन भन्छन् । मेरो विषयमा छलफल होेस्, बरु म एकछिन बाहिर बस्छु ।

– यसरी भयो निर्णय

शीर्ष नेताबीच ओलीको प्रस्ताव : विद्यालाई सर्वसम्मत

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि शीर्ष नेताहरूलाई बिहानै बालुवाटार बोलाएका थिए । छलफलमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललगायत सहभागी थिए । अध्यक्ष ओलीले राष्ट्रपति पदको गरिमा राख्न पनि पार्टीबाट सर्वसम्मत उम्मेदवार छान्नुपर्ने भन्दै विद्या भण्डारीको पक्षमा निर्णय गराउने आशय प्रकट गरेका थिए । ‘अहिले पार्टी एकीकरण हँुदै छ, त्यसका लागि सकारात्मक सन्देश पनि दिनुपर्नेछ । अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने विषयमा प्रचण्डजीस“ग पनि समझदारी बनेको छ । त्यसैले हामीले पनि सर्वसम्मत निर्णय गर्नुपर्ने जिम्मेवारी छ ।’

झलनाथको आक्रोश : पार्टी भनेको तपार्इंको घर हो ?

ओलीको कुरा सुनेर आक्रोशित बनेका खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए । उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए । ‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो । खनालले आपूm राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । खनालको आक्रोश ओलीले खासै प्रतिक्रिया दिएनन्, बरु संसद् बैठकका लागि सबै नेता बानेश्वरतर्फ लागे ।

बालुवाटारमा केक काटेर तितरबितर भए नेता

संसद् बैठकपछि एमाले स्थायी समिति बैठकका लागि बालुवाटारमा जम्मा भएका नेताले सुरुमै वरिष्ठ नेता माधव नेपालको जन्म दिन मनाए । नेताहरू बसेको ठाउँमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले केक बोेकेर आएकी थिइन् । त्यस्तै, झलनाथ खनालले नेपाललाई बुके दिँदै दीर्घायुको शुभकामना दिएका थिए अरू नेताहरूले पनि केक खाँदै नेपाललाई शुभकामना दिए । तर, अर्को कार्यक्रममा जानुपर्ने भन्दै नेता नेपाल निस्किएपछि अरू पनि तितरबितर भएका थिए । यसरी ४ बजे बोलाइएको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

फेरि ६ बजे नेताहरू जम्मा भए, तर खाना खाएपछि मात्र बैठक सुरु

स्थायी समितिका सबैजसो सदस्य ६ बजे बालुवाटारमा जम्मा भए बैठक तत्काल सुरु भएन । सा“झ परिसकेकोले खाना खाएर मात्र बैठक बस्ने सल्लाह भएको थियो । यसरी ७ बजे बैठक सुरु भएको थियो । राष्ट्रपति उम्मेदवार छान्न बसेको बैठकको सुरुमै अध्यक्ष ओलीले पृष्ठभूमि बाँध्दै विद्याको पक्षमा सर्वसम्मत निर्णय गरेर सकारात्मक सन्देश दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, असहमति जनाउँदै झलनाथ खनालले पार्टी बैठकभन्दा अघि नै भएका समझदारी मान्य नहुने र उम्मेदवारको विषयका बैठकमा खुलस्त छलफल हुनुपर्ने धारणा राखेका थिए । त्यसपछि, सबै नेताहरूले पालैपालो बोल्दा मध्यरात भएको थियो । ८ घन्टा लामो बहसपछि विद्या भण्डारीलाई नै दोहो¥याउन सर्वसम्मत निर्णय भएको थियो ।

को कसको पक्षमा उभिए ?

वर्तमान राष्ट्रपतिलाई दोहो¥यानुपर्ने पक्षमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, सुवास नेम्बाङ, शंकर पोखरेल किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपानेले धारणा राखे । त्यस्तै, खनालको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे बोलेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावलले पार्टी सञ्चालन पद्धति र शैलीका विषयमा ओलीको आलोचना गरे पनि राष्ट्रपति उम्मेदवारको विषयमा कुनै तर्क राखेनन् ।

ओलीलाई भुसालको प्रश्न– तपाईंसँग चुनाव लड्न चाहन्थेँ, अवसर किन दिइएन ?

स्थायी समिति बैठकमा घनश्याम भुसालले पार्टी सञ्चानलको पद्धति मिचिएको भन्दै ओलीको शैलीको खुलस्त आलोचना गरेका थिए । उनको भनाई थियो, ‘पार्टीभित्र अराजकता बढ्दै गएको छ, त्यसको नेतृत्वबाट अध्यक्षबाटै भएको छ । विधि, प्रक्रिया सबै मिचिएको छ । संसदीय दलको नेता चयनका लागि एक घन्टाअगाडि खबर पठाइयो । सांसदहरूलाई पूर्वसूचना दिएर निर्वाचनमण्डल गठन गरेर प्रक्रियासम्मत ढंगले दलको नेता चयन हुनुपर्ने होइन ? एक व्यक्ति, एक पदको सिद्धान्तकार ओली कमरेड नै हुनुहुन्थ्यो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?