भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’

सारांश

  • काठमाडौं।
  • मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’ भदौ १४ मा सिनेमाघरमा आउने भएको छ।
  • निर्माणटिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति सार्वजनिक गरेको हो।

काठमाडौं। मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’ भदौ १४ मा सिनेमाघरमा आउने भएको छ। निर्माणटिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति सार्वजनिक गरेको हो।

सार्वजनिक पोष्टरमा अभिनेत्री आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यलाई स्थान दिइएको छ। चलचित्रमा आँचल र विवेकसँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

जानुका थापाको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता अमित रिजाल हुन्। एलआरके प्रोडक्शनको व्यारनमा निर्माण भएको चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ। चलचित्रलाई नेपाल र रोमानियामा छायांकन गरिएको हो। चलचित्रको यतिबेला पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ