शान्तिदीपनेपालको सचेतना कार्यक्रम
सारांश
- इनरुवा, ५ जेठ।
- सुनसरी सदरमुकाम इनरुवामा शान्तिदिप नेपालको आयोजनामा शुक्रबार शिक्षक तथा अभिभावक सचेतना कार्यक्रम समपन्न भएको छ ।
- कार्यक्रम मा बोल्दै शान्तिदीप नेपाल का जिनियस निरौला ले कार्यक्रम शिक्षा ,सुरक्षा को सुधार गर्न आयोजना गरीएको जानकारी दीए ।
इनरुवा, ५ जेठ। सुनसरी सदरमुकाम इनरुवामा शान्तिदिप नेपालको आयोजनामा शुक्रबार शिक्षक तथा अभिभावक सचेतना कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रम मा बोल्दै शान्तिदीप नेपाल का जिनियस निरौला ले कार्यक्रम शिक्षा ,सुरक्षा को सुधार गर्न आयोजना गरीएको जानकारी दीए । निरौला ले आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दीए ।
सो कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय का प्रमुख राजन अधिकारी लाई स्वागत गरीएको थीयो शान्तिदिपको चाहना, सम्पूर्ण नेपालीहरुको उज्जवल भविष्यको कामना सहितको मुल नाराका साथ इनरुवा नगरपालिका वार्ड नं ३ को देवकोटा अधारभुत विद्यालयमा शिक्षा, स्वास्थय र पूर्वाधार जर्गेणा सहितको सचेतना कार्यक्रम समपन्न गरेको स्थानिय समाजसेवी निरौलाले जानकारी दिए ।
त्यस्तै कार्यक्रमको प्रमुख आथित्यमा इनरुवा नगरपालीकाका उप प्रमुख जामुना गौतम पौखरेलको उपस्थिती रहेको थियो भने विशिष्ट अथितीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी, अथितीहरुमा इनरुवा न पा वाडा नं ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग,समाजसेवी रोहित निरौला लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया