डुबेर मृत्यु तथा बेपत्ता
सारांश
- काठमाडौं, १८ असोज सप्तरी ः शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अबिनाश चौधरी सुरुङगा नगरपालिका–२ हर्दियास्थित मामाघरमा दशैँको टिका लगाउन गएको अवस्थामा सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेकाले उद्धार गरी उपचारको लागि सिराहा लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु भएको छ ।
- सर्लाही ः हरिपुर नगरपालिका–९ पिडारी बस्ने ६५ वर्षीय रामदेव साह कलवारलाई लखनदेही खोला तर्ने क्रममा खोलाले बगाई लगेकोले खोजी गर्ने क्रममा मंगलबार कौडेना गाउँपालिका–६ सक्रौलस्थित लखनदेही खोलाको छेउमा मृत फेला अवस्थामा परेका छन् ।
- नवलपरासी ः रामग्राम नगरपालिका–१७ देबगांउ बस्ने ३६ वर्षीय घनश्याम चौधरी घर देखी करीब १ सय मिटर पश्चिममा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार बेपत्ता भएकाले प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं, १८ असोज
सप्तरी ः शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अबिनाश चौधरी सुरुङगा नगरपालिका–२ हर्दियास्थित मामाघरमा दशैँको टिका लगाउन गएको अवस्थामा सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेकाले उद्धार गरी उपचारको लागि सिराहा लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु भएको छ ।
सर्लाही ः हरिपुर नगरपालिका–९ पिडारी बस्ने ६५ वर्षीय रामदेव साह कलवारलाई लखनदेही खोला तर्ने क्रममा खोलाले बगाई लगेकोले खोजी गर्ने क्रममा मंगलबार कौडेना गाउँपालिका–६ सक्रौलस्थित लखनदेही खोलाको छेउमा मृत फेला अवस्थामा परेका छन् ।
नवलपरासी ः रामग्राम नगरपालिका–१७ देबगांउ बस्ने ३६ वर्षीय घनश्याम चौधरी घर देखी करीब १ सय मिटर पश्चिममा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार बेपत्ता भएकाले प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही ः लालबन्दी नगरपालिका–१२ स्थित लखनदेही खोला तर्ने क्रममा नयाँटोल बस्ने २७ वर्षीया राधिका ढुंगाना उनको ७ वर्षीया छोरा किश्मत ढुंगाना, ५ वर्षीया छोरी कृतिका ढुंगाना र १ वर्षीया छोरी कृती ढुंगाना सहित ४ जनालाई खोलाले सोमबार बगाएकोले खोजी गर्ने क्रममा मंगलबार हरिपुर नगरपालिका–९ पिराडी टोल नजिक खोलाको छेउमा कृतिका र कौडेना गाउँपालिका–६ सक्रौलस्थित सोही खोलाको किनारामा कृतीको शव फेला परेको छ । अन्यको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया