श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  • श्रीमानको कुटाईले गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् ।
  • घरायसी विवादमा मंगलबार राति श्रीमान ध्रुव कुँवरले श्रीमतीमाथि हात हालेको प्रहरीले जनाएको छ ।

काठमाडौं, १९ बैशाख । श्रीमानको कुटाईले गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादमा मंगलबार राति श्रीमान ध्रुव कुँवरले श्रीमतीमाथि हात हालेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सुन्दर चौलागाईले कुटपिटपछि उपप्रमुखकको आँखामा गम्भीर चोट लागेको र शरीरभरि नीलडाम रहेको जानकारी दिए । अहिले उप–प्रमुखका श्रीमान कुँवरलाई महानगरीय प्रहरी परिसर जावलाखेलले नियन्त्रणमा लिएको छ ।

घाइते भएकी उपप्रमुख उपचारपछि घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ । श्रीमानको कुटाइले घाइते बनेकी उपप्रमुख अधिकारी बुधबार दिउँसो प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी परिसर जावलालखेल पुगेकी थिइन् । उनले विनाकारण श्रीमानले कुटेको भन्दै प्रहरीमा बयान दिएकी छिन् । प्रहरी नियन्त्रणमा रहेका ध्रुव कुँवरले निर्वाचनयता आफूहरूबीच बेमेल बढ्दै गएको बताए ।

(https://expo.aspe.org/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє☕ ℓιfє? уσυ? ℓινє,? αи∂❤ ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?