समाजसेवी कृतु भन्डारीको सहयोगमा बेलारुसमा अलपत्र नौजना महिला स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
५१ पटक हेरिएको
Shares
समाजसेवी कृतु भन्डारीको सहयोगमा बेलारुसमा अलपत्र नौजना महिला स्वदेश फिर्ता

सारांश

  • बेलारुसमा अलपत्र नौजना महिलालाई स्वदेश फर्काइएको छ।
  • शुक्रबार उनीहरुलाई नेपाल फकाएइएको हो।
  • स्वदेश फर्कनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई छन्।

बेलारुसमा अलपत्र नौजना महिलालाई स्वदेश फर्काइएको छ। शुक्रबार उनीहरुलाई नेपाल फकाएइएको हो।

स्वदेश फर्कनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई छन्।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन्।

उनले भनिन्, ‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईहरुलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ।’

उनीहरुलाई कृतु भन्डारी सहित विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो। उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?