नौ महिनामा रु १४ अर्ब नाफा विदेशियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नौ महिनामा रु १४ अर्ब नाफा विदेशियो

सारांश

  • काठमाडौं ।
  • चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब रुपैयाँ विदेशिएको छ ।
  • उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ रुपैयाँ लाभाशंवापत बाहिरिएको हो ।

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ रुपैयाँ लाभाशंवापत बाहिरिएको हो ।

विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ हजार छ सय ३४ रुपैयाँ, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता

विभागले चैत महिनामा मात्रै तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ रुपैयाँ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै बीस करोड ६० लाख नौ हजार ५२६ रुपैयाँ, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।

यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।

विभागको तथ्याङ्क अनुसार हालसम्म चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरको ठक्करबाट एक जनाको मृत्यु
टिपरको ठक्करबाट एक जनाको मृत्यु
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
भ्रष्टाचार विरुद्ध लड्न क्युबाली राष्ट्रपतिकाे अाग्रह
भ्रष्टाचार विरुद्ध लड्न क्युबाली राष्ट्रपतिकाे अाग्रह
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने  अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा  व्यावसाय बचाउ सात दिने महाअभियान
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ सात दिने महाअभियान
सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने
एक अर्ब ८८ करोडकाे  साधारण शेयर बिक्रीका लागि अनुमति
एक अर्ब ८८ करोडकाे साधारण शेयर बिक्रीका लागि अनुमति
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना