मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा

सारांश

  • सुर्खेत, माघ २४ ।
  • मुख्यमन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुगेका छन् ।

सुर्खेत, माघ २४ । मुख्यमन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुगेका छन् । ।

सो मुद्दामा दुई फरक मत राख्दै आउनुभएका पूर्वगृहमन्त्रीहरुको मंगलबार साँझ बैठक बसेको हो । बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ । समग्र ६ नं प्रदेशको समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या हल गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी भएको जनाइएको छ ।

मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको आज बुधबार विहान ११ बजे बैठक बोलाइएको नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिए । लामो समयदेखि फरक फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिए ।

मुख्य मन्त्रीको दाबी कायम राखेका सांसदद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले सहमतिको निर्णय आफ्नै पक्षमा हुने अपेक्षा गरेका छन् । पूर्वगृहमन्त्रीबीच यो सगोल बसाइबाट सही निर्णय आउनेमा नेता तथा कार्यकर्ता विश्वस्त देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?