एमाले-माओवादीबीच मिल्यो भागबण्डा ! अव मार्क्स जयन्तीका घोषण
सारांश
- काठमाडौं, २० वैशाख ।
- नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष एकताको विषयमा सहमति नजिक पुगेका छन् ।
- यसअघि विबाद भनिएका माओवादी जनयुद्ध, केन्द्रीय समितिको समायोजन लगायतका बिषयमा सहमति जुटिसकेको एमाले माओवादीका नेताले जनाएका छन् ।
काठमाडौं, २० वैशाख । नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष एकताको विषयमा सहमति नजिक पुगेका छन् ।
यसअघि विबाद भनिएका माओवादी जनयुद्ध, केन्द्रीय समितिको समायोजन लगायतका बिषयमा सहमति जुटिसकेको एमाले माओवादीका नेताले जनाएका छन् ।
सहमतिको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेताहरुको व्यबस्थापनबारे छलफल भइरहेको सहयोगीहरुले जनाएका छन् ।
स्रोतका अनुसार दुई पार्टीबीच ६०/४० को अनुपातमा एकता गर्ने मोटामोटी सहमति भएको छ । ‘दुई पार्टीबीच सम्मानजनक एकता गर्ने सहमति भएको छ,’ प्रचण्ड निकट एक नेताले भने,‘बराबरीमा ५/७ प्रतिशत तलमाथि हुनसक्छ ।’
दुई अध्यक्षले सामूहिक नेतृत्व गर्ने बिषयमा यसअघि नै सहमति भइसकेको थियो । तत्कालका लागि महाधिवेशन आयोजक समिति बनाएर जानेबारे सहमति भएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले एकता सकारात्मक दिशामा अगाडि बढेको बताइन् । ‘एकता सम्मानजनक हुन्छ’ प्रवक्ता भुसालले भनिन् ‘एकता घोषण सम्बन्धी निर्णय छिट्टै हुन्छ ।’
दुई पार्टीबीच ९ वैशाखमा पार्टी एकता गर्ने भनिएपनि कतिपय प्राविधिक बिषय मिल्न नसक्दा सो मितिमा एकता हुन सकेको थिएन । प्रचण्डले आगामी महाधिवेशनबाट आफू अध्यक्ष बन्ने सुनिश्चितता खोजेकोले एकतामा ढिलाइ भएको एमाले नेताहरुले बताउँदै आएका थिए ।
उच्च राजनीतिक स्रोतका अनुसार वैशाख २२ गते मार्क्स जयन्तीका अवसर पारेर दुई पार्टी एकताको घोषणा गर्ने तयारी गरिएको छ ।
वैशाख ९ गते लेनिन जयन्तिको अवसरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नभनिएको दिन पार्टी एकता गर्ने बताएका थिए । घोषणा गर्दा भाड्ने तत्वहरु सक्रिय रहेने उनको भनाइ थियो ।
पार्टी एकता गर्ने भन्दै दुई दलले गत वर्षको असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका थिए ।
Justin Biral
❤ gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Raju Pariyaar
हैन हौ भौतिकवादीहरुले के को साहित कुर्नु पर्ने, कुरा मिल्यो भने ठोकौ न झ्याट्टै।
Angila Gauchan
सक्दो मिल्नु नत्र जनताको भोट खेर जानेछ अनि अर्को चुनाब मा दसौ स्थान मा पुग्ने छौ किन भारतमुखि भएर बस्छौ नेता ज्यु हरु कि नेपाल लाई भारत मा बिलय गराउदै छौ