साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना

सारांश

  • काठमाडौं ।
  • वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाएर साउदी अरब पुगेका दुई नेपालीलाई ९० हजार ७ सय साउदी रियाल अर्थात् ३२ लाख ४७ हजार नेपाली रुपैयाँ जरिमाना लागेको छ ।
  • २ वर्ष ६ महिनाअघि साउदी अरब पुगेका सप्तरीका जितेन्द्र सरदार र महोत्तरीका दीपक माझीलाई यति ठूलो जरिमाना लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिएका छन् ।

काठमाडौं । वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाएर साउदी अरब पुगेका दुई नेपालीलाई ९० हजार ७ सय साउदी रियाल अर्थात् ३२ लाख ४७ हजार नेपाली रुपैयाँ जरिमाना लागेको छ ।

२ वर्ष ६ महिनाअघि साउदी अरब पुगेका सप्तरीका जितेन्द्र सरदार र महोत्तरीका दीपक माझीलाई यति ठूलो जरिमाना लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिएका छन् ।

कोशी म्यानपावरमार्फत लुमाहा कम्पनीमा पुगेका सरदार र माझी त्यहाँ पुगेको ६ महिनापछि ‘अकामा’ नवीकरण नगरी कम्पनी छाडेर भागेका थिए । कम्पनीबाट भागेपछि उनीहरूलाई पुरानो कम्पनीले जनही ४५ हजार ३ सय ५० साउदी रियाल जरिमानासहित भगौडा कामदारको सूचीमा राखेको थियो ।

गत जुलाईमा उनीहरूले एक्जिट (बहिर्गमन भिसा)का लागि त्यहाँस्थित बुरैदा लेबरकोर्टमा निवेदन दि“दा जरिमाना लागेको बल्ल थाहा भयो । जरिमाना रकम नतिरेसम्म ‘बहिगर्मन भिसा नलाग्ने’ भनेपछि उनीहरूले रियादस्थित नेपाली दूतावासलाई हारगुहार गरे । त्यसपछि दूतावासले अभिभावकीय भूमिका निर्वाह गर्दै वकिलमार्फत उनीहरूको नाममा रहेको जनही ४५ हजार ३ सय ५० साउदी रियाल जरिमाना मिनाहा गराएको थियो ।

त्यसपछि बल्ल उनीहरूको मुहारमा हाँसो देखियो । अब भने ‘एक्जिट भिसा’ प्रक्रिया सुरु भएको छ । सो प्रक्रिया सुरु भएपछि आइतबार भिसा लाग्यो र उनीहरू बुधबारको उडानमार्फत नेपाल फर्कन सफल भएको एनआरएनए क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव श्रेष्ठले बताए । उनीहरू प्रतिनिधि पात्र मात्र हुन् । यसरी रोजगारदाता कम्पनी छाडेर भागेर हिँड्ने नेपाली कामदार संख्या साउदी अरबमा ठूलो संख्यामा छ ।

गत वर्षको आँकडाअनुसार त्यहाँ पुगेर कम्पनी छाडेर भागेर दूतावासको सम्पर्कमा रहेका १ सय ७७ नेपाली थिए । उनीहरूलाई ४६ लाख ९० हजार साउदी रियाल अर्थात् १६ करोड ४१ लाख ५० हजार नेपाली रुपैयाँ जरिमाना तोकिएको थियो । साउदीमा ११ हजार १ सय २६ नेपाली अवैध रूपमा रहेका बताइएको छ ।

गत वर्षकै आँकडानुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १ सय ७९ महिला, घरेलु कामदार संख्या २ हजार ७ सय ९४, महिला घरेलु कामदार १ हजार १२ र पुरुष घरेलु कामदार संख्या १ हजार ७ सय ९२ थियो । पछिल्लो समय साउदीले भिसा म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा कार्यरत सयौं नेपाली पनि पक्राउ परेका छन् । हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्तिपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी ‘डिपोर्ट’ गर्ने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो !
स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो !
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
पोखरामा सुरक्षा व्यवस्था कडा : एकै रातमा ७८ जना पक्राउ
पोखरामा सुरक्षा व्यवस्था कडा : एकै रातमा ७८ जना पक्राउ
माओवादी संसदीय दलको नेतामा दाहाल
माओवादी संसदीय दलको नेतामा दाहाल
अर्थमन्त्री डा  खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
अर्थमन्त्री डा खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
Ways to Date Internet: Tips For Good Dating Online Initial Messages

तपाईंले छुटाउनुभयो कि?