मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु

सारांश

  • काठमाडौ ९, भदौ।
  • निर्मला पन्तको हत्यारालार्इ जोगाउन खोजेको र त्यसमा अाफ्नै भतिज जोडिएको हुन सक्ने अाशंका सहितको  समाचार अाएपछि कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले त्यसको प्रतीबाद गरेका छन उनले अाफू अपराध को पक्षमा नरहेको भन्दै प्रहरीलार्इ सहयोग गर्न अाफ्नै घरको मान्छे छानविनको दायरमा अाए पनि पक्राउ गरेर अनुसन्धान गर्न सहयोग पुर्याउने बताएका छन ।
  • केही सञ्चारमाध्यममा मेयर विष्टले बलात्कारी जोगाउन भूमिका निर्वाह गरेको हुन सक्ने भन्दै विष्ट थर कै कुनै युवामाथिको शंकाको भरमा अाफूमाथि अारोप लगाउनु गलत भएको भन्दै निर्मला पन्तका हत्यारा र बलात्कारी लाई पत्ता लगाएर हदैसम्मको कारवाही गरिनुपर्ने बताए ।

काठमाडौ ९, भदौ। निर्मला पन्तको हत्यारालार्इ जोगाउन खोजेको र त्यसमा अाफ्नै भतिज जोडिएको हुन सक्ने अाशंका सहितको  समाचार अाएपछि कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले त्यसको प्रतीबाद गरेका छन उनले अाफू अपराध को पक्षमा नरहेको भन्दै प्रहरीलार्इ सहयोग गर्न अाफ्नै घरको मान्छे छानविनको दायरमा अाए पनि पक्राउ गरेर अनुसन्धान गर्न सहयोग पुर्याउने बताएका छन ।

केही सञ्चारमाध्यममा मेयर विष्टले बलात्कारी जोगाउन भूमिका निर्वाह गरेको हुन सक्ने भन्दै विष्ट थर कै कुनै युवामाथिको शंकाको भरमा अाफूमाथि अारोप लगाउनु गलत भएको भन्दै निर्मला पन्तका हत्यारा र बलात्कारी लाई पत्ता लगाएर हदैसम्मको कारवाही गरिनुपर्ने बताए ।

उनले बलात्कारमा संलग्न अपराधी आफ्नै परिवारको सदस्य रहेछ भने पनि प्रहरीलाई बुझाउन र कारवाहीका लागि सघाउने  बताए ।

उनले निर्मालको हत्यारा पत्ता लगाउन अाफूले पनि पहल र समन्वय गरिरहेको भन्दै जोसुकै भए पनि कानुनी कठघरमा उभ्याउनुपर्ने बताए । विष्टले अाफ्नो छोरा ११ वर्षको रहेको र उसले त्यस्तो नगर्ने र  आफ्नो भतिज को संग्लन भए आफुले कारबाही गर्न सहयोग गर्ने बताए,तर उनले विगतदेखि नै अाफूमाथि नियोजित रूपमा अाक्रमण भइरहेकोतर्फ ध्यानाकर्ण गराए । राजनीतिक रूपमा समेत क्रियाशील रहेका युवाहरूले शुक्रबार अाफ्नो घरमा तोडफोड गरेको र अागजनीको प्रयास गरेको भन्दै उनले  घटनाको निन्दा समेत गरे ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    क्षितिज पारिको मान्छे

    बुझाउने नै तिमिले त होनि। तिम्रो भतिजो तिर काँटाको सुइ ढल्की सक्यो।

    Comment Author

    Najar Irig

    Gaf

    Comment Author

    Vijay Grg

    sidhai mertu dandaaa dinu paraxaa

    Comment Author

    Gurung Man

    It was already been late. Where was within 3 weekend?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ