सुपर ग्यास उद्योगमा यसरी भयो भीषण आगलागी (हेर्नुहोस् ६ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सुपर ग्यास उद्योगमा यसरी भयो भीषण आगलागी (हेर्नुहोस् ६ तस्बिरमा)

सारांश

  • पर्सा संवाददाता वीरगन्ज, पुस ६ ।
  • वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहान (हिजो) को समयमा भीषण आगलागी भयो ।
  •   ग्यास भण्डारण ट्याङ्कीबाट ग्यास लिक भई आगलागी सुरु भएको थियो ।
  • पर्सा संवाददाता

    वीरगन्ज, पुस ६ । वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहान (हिजो) को समयमा भीषण आगलागी भयो ।  ग्यास भण्डारण ट्याङ्कीबाट ग्यास लिक भई आगलागी सुरु भएको थियो । उक्त ग्यास उद्योगमा  लागेको आगो  ९ घण्टापछि मात्र नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट परिचालित दमकल पनि जलेर ध्वस्त भएको छ । घटनामा परी महानगरपालिकाका आग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारीको मृत्यु भएको छ ।

दमकलसहित आगो निभाउन सुपर ग्यासको मूल ढोकामा पुगेर पानी हाल्ने क्रममा अचानक ग्यासको एउटा प्लान्ट नै विस्फोट भएपछि उनीहरूको घटनास्थलमा नै जलेर ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा परी २ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । घटनामा परी गम्भीर घाइते हुनेहरुमा कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दीप नेपाल रहेका छन् ।

उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लागेपछि पड्किने आशंकामा स्थानीय प्रशासनले उद्योग नजिकका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । उद्योगमा आगलागी हुँदा साना ग्यास सिलिण्डरहरु पड्केको आवाज टाढासम्म आइरहेको थियो । सुरक्षाकर्मीले १ किलोमिटर अगाडि नै इटियाही पोखरी नजिकबाट कसैलाई जान दिएको थिएन् ।

फेरि कुनै पनि बेला आगलागी हुन सक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि खास प्रविधि नभएका कारण समयमा आगो नियन्त्रणमा लिन कठिनाइ परेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रताप सिंहले जनाए ।

उक्त ग्यास उद्योग ७ वर्षअघि स्थापना भएको हो । ग्यास उद्योगको संचालक अवुलेश अन्सारी हुन् । अवुलेश वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन् । आगलागीबाट आफ्नो सर्वश्व गुमेको अन्सारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते
अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते
गोरखामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना पक्राउ
गोरखामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना पक्राउ
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा

तपाईंले छुटाउनुभयो कि?