सुर्खेत–जुम्ला हवाई सेवा शुरु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सुर्खेत–जुम्ला हवाई सेवा शुरु !

सारांश

  • सुर्खेत, २७ भदौ ।
  • कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि शुरु भएको छ ।
  • कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन् ।

सुर्खेत, २७ भदौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन् । उहाँसंगै उक्त जहाजबाट आज १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरे । साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए । “यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,” उनले भने, “यसले यहाँका पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने छ ।”

सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर रु तीन हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ । सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एण्ड ट्राभल्स प्रालिसँग सम्झौतमा भएको उनको भनाई छ । जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी दिए ।

मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि रु एक करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न रु एक करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति रु ५५ लाख बजेट विनियोजन गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुस् दीपिकाको नयाँ लुक्स तस्विरमा…
हेर्नुस् दीपिकाको नयाँ लुक्स तस्विरमा…
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
भेनेजुएलाको संसदमा , सांसद कुटिए,घुसे प्रदर्शनकारी……..
भेनेजुएलाको संसदमा , सांसद कुटिए,घुसे प्रदर्शनकारी……..
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत