डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
सारांश
- अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर आईसीसी विश्वकप क्रिकेट २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी बनेका छन् ।
- जारी विश्वकपमा सर्वा्धिक रन बनाउने खेलाडी पनि वार्नर नै हुन् ।
- वार्नरले मंगलबार इंग्ल्याण्डविरुद्ध ५३ रनको पारी खेल्दै ५ सय रन पूरा गरेका हुन् ।
अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर आईसीसी विश्वकप क्रिकेट २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी बनेका छन् । जारी विश्वकपमा सर्वा्धिक रन बनाउने खेलाडी पनि वार्नर नै हुन् । वार्नरले मंगलबार इंग्ल्याण्डविरुद्ध ५३ रनको पारी खेल्दै ५ सय रन पूरा गरेका हुन् । वार्नरले यस विश्वकपमा २ शतक तथा तीन अर्धशतक बनाइसकेका छन् । उनको जारी विश्वकपमा सर्वा्धिक स्कोर १६६ रन हो ।
यसैगरी अहिलेसम्म उनले ४६ चौका र ६ छक्का प्रहार गरेका छन् । जारी विश्वकपमा अस्ट्रेलियाका एरोन फिन्च, बंगलादेशका शकिब अल हसन, भारतका रोहित शर्मा र न्यूजिल्याण्डका केन विलियमसन र इंग्ल्याण्डका जो रुटले पनि दुई दुई शतक बनाएका छन् ।
वार्नरको जारी प्रर्दशनका कारण भारतीय स्टार खेलाडी सचिन तेन्दुलकरलको १६ वर्ष पुरानो रेकर्ड खतरामा परेको छ । २००३ को विश्वकपमा सचिनले सर्वा्धिक ६७३ रन बनाएका थिए । त्यस यता थप तीन वटा विश्वकप सकिँदासम्म कसैले यो रेकर्ड तोड्न सकेका छैनन् । अस्ट्रेलियाले अझै समूह चरणमा २ खेल खेल्न बाँकी छ भने सेमिफाइनलमा पनि पुगिसकेको छ । अब बाँकी रहेका खेलमा १७४ रन बनाउन सके सचिनको रेकर्ड उनले आफ्नो नाममा पार्ने छन् ।
प्रतिक्रिया