स्वीस सरकारको पठाएको ३० हजार पिसिआर किट आज बेलुका नेपाल आइपुग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
स्वीस सरकारको पठाएको ३० हजार पिसिआर किट आज बेलुका नेपाल आइपुग्ने

सारांश

  • किटको अभावको कारण देशका कतिपय प्रयोगशालामा कोरोना संक्रमण परीक्षण रोकिएको अवस्थामा स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट बिहीबार बेलुका काठमाडौं आइपुग्दैछ ।
  • पीसीआर किटसँगै र त्यति नै परिमाणमा आरएनए एक्सट्रयाक्टस किट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
  • अष्ट्रेलिया पुगेको नेपाल वायुसेवा निगमको वाइडवडी विमानले ती किट काठमाडौ ल्याउने भएको हो ।

किटको अभावको कारण देशका कतिपय प्रयोगशालामा कोरोना संक्रमण परीक्षण रोकिएको अवस्थामा स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट बिहीबार बेलुका काठमाडौं आइपुग्दैछ ।

पीसीआर किटसँगै र त्यति नै परिमाणमा आरएनए एक्सट्रयाक्टस किट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अष्ट्रेलिया पुगेको नेपाल वायुसेवा निगमको वाइडवडी विमानले ती किट काठमाडौ ल्याउने भएको हो । स्वीस सरकारको सहयोगमा आउन लागेको ठूलो परिमाणको किट ल्याउने माध्यम नहुँदा सिंगापुरमै रोकिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले ती किट बुधबार बेलुका नै विमानमा लोड भइसकेको र बिहीबार बेलुका छ बजेसम्ममा वाइडबडी विमान काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिए । किट आएपछि परीक्षण तीव्र रुपल अगाडि बढाइने उनको भनाई छ ।

डा. पोखरेलका अनुसार सिंगापुरमा रहेको किटलाई हिजो नै स्थलमार्गबाट मलेसियाको राजधानी क्वालालम्पुर ल्याइएको थियो । अष्ट्रेलियाको सिड्नीका लागि चालक दलका सदस्यसहित ३०० यात्रु बोकेर उडेको सो चार्टड विमान क्वालालम्पुरमा इन्धन भर्नका लागि अवतरण गरेको थियो । त्यसबेला नै किट लोड गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?