जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….

सारांश

  • काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार आफूलाई चित्रकारको रुपमा समेत प्रस्तुत गरेका छन् ।
  • महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटी महिलाको चित्र कोरेर सबैलाई आश्चर्य चकित पारेका हुन् ।
  • प्रधानमन्त्री ओलीले करिब ३÷४ मिनेटभित्रैमा अब्बल चित्र कोरेपछि छेउमा हस्ताक्षर समेत गरेका छन् ।

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार आफूलाई चित्रकारको रुपमा समेत प्रस्तुत गरेका छन् । महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटी महिलाको चित्र कोरेर सबैलाई आश्चर्य चकित पारेका हुन् ।
प्रधानमन्त्री ओलीले करिब ३÷४ मिनेटभित्रैमा अब्बल चित्र कोरेपछि छेउमा हस्ताक्षर समेत गरेका छन् । महिला उद्यमी महासंघले तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला अवलोकन गर्न ललितपुरको सानेपामा पुगेका प्रम ओलीले सेतो क्यान्भासमा कुची (ब्रस) चलाउँदै हाँसिरहेकी महिलाको चित्र कोरेपछि कार्यक्रममा उस्थित सबै आश्चर्य चकित मात्रै परेनन्, कला क्षेत्रमा प्रम ओलीको अब्बलपन समेत उजागर हुन पुग्यो । कार्यक्रममा उद्घाटन गर्ने, केहीबेर मन्तव्य राखेर हिड्ने चलन रहेकोमा प्रमुख अतिथिको रुपमा निम्त्याइएका प्रधानमन्त्री आफैले चित्र कारेपछि कार्यक्रममा सहभागी भएकाहरु तीन छक परे । अझ आश्चर्य कहाँनेर परे भने प्रधानमन्त्री ओलीले कोरेको चित्र अब्बल दर्जाको चित्रकारले कोरेको भन्दा कमीको थिएन ।

कार्यक्रमको सुरुवातमा मन्तब्यको औपचारिक कार्यक्रम सकिएपछि आयोजकहरुले व्यापार मेलाको अवलोकन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । मेला अवलोकन गर्ने क्रममा मेलाको एक छेउमा सेतो ड्रोइङबोर्ड (क्यानभास) तर्फ पो अघि बढे । हस्तकलालाई प्रबद्र्धन गर्ने मेला समेत भएकोले चित्रकलाको पनि प्रदर्शनी हुने नै भयो । त्यसैले त्यहाँ वरिपरी विभिन्न रंग राखिएको ‘ट्रे’ र कुची थियो । त्यही बीचमा प्रधानमन्त्री ओलीलाई क्यानभाषमा केहि लेखिदिन आग्रह गरियो ।

सुरुमा महिलाको कपालको आकृति कोरेका ओलीले पछि विस्तारै आँखा, नाक र अनुहारको चित्र कोरेका थिए । प्रधानमन्त्री ओलीको चित्रकारितामा पनि यस्तो दख्खल छ भन्ने कुरा आजसम्म सार्वजनिक भएको थिएन । प्रधानमन्त्री ओलीले कुची समाएर चित्र कोरेपछि हस्तकलाको क्षेत्रमा काम गर्ने महिला उद्यमीहरु निकै खुशी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
फोटो खिचिरहेका पत्रकारमाथि एसपी लोहनीको लात्ती!
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ

तपाईंले छुटाउनुभयो कि?