मलाई अाफ्नाे चरित्र सावित गरिरहनु पर्दैनः नाना पाटेकर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मलाई अाफ्नाे चरित्र सावित गरिरहनु पर्दैनः नाना पाटेकर

सारांश

  • तनुश्री दत्त र नाना पाटेकर बिचको विवादलाई लिएर दुवै तर्फबाट लगातार बयानबाजी भैरहेको छ ।
  • पाटेकरले तनुश्रीको आरोपका बारेमा खुलेर कुरा गरेका छन् ।
  • एउटा प्रेस सम्मेलन गरेर सबै सत्य कुरा बताउने उनले बताए ।

तनुश्री दत्त र नाना पाटेकर बिचको विवादलाई लिएर दुवै तर्फबाट लगातार बयानबाजी भैरहेको छ । पाटेकरले तनुश्रीको आरोपका बारेमा खुलेर कुरा गरेका छन् । एउटा प्रेस सम्मेलन गरेर सबै सत्य कुरा बताउने उनले बताए ।

पाटेकर एक भारतिय सञ्चार माध्यमसँग कुरा गर्दै भने, ‘अहिले म शुटिङ्गका क्रममा बाहिर छु । अक्टोबर पहिलो हप्ता म मुम्बई आउँछु र एउटा प्रेस सम्मेलन गर्छु । मलाई क्यामेराको अघि सबै बताउन मन छ । मसँग लुकाउने कुनै कुरा छैन ।’ उनले बताए, ‘यो तपाईंमा भर पर्छ कि तपाईँ कसको कुरामा विश्वास गर्न चाहनुहुन्छ । के तपाईंलाई लाग्छ कि म यति निच छु, के मानिसहरु मेरो बारेमा केही पनि जान्दैनन् ? मलाई मेरो राम्रो चरित्र सावित गर्नुपर्ने जरुरत छैन । म फिल्महरुमा त्यति डान्स गर्दिन, अनि कसैलाई अश्लिल स्टेपको लागि कसरी भन्थेँ ? मलाई लाग्छ कि यो मेरो इमेज खराब गर्ने षड्यन्त्र हो ।’

तनुश्रीले नाना पाटेकरलाई शुटिङ्गका बेलामा हातपात गरेको आरोप लगाएकि थिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?