नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
४० पटक हेरिएको
Shares
नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

सारांश

  • धनकुटा, १४ फागुन , आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।
  • धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो ।
  • चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

धनकुटा, १४ फागुन , आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।

धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत कार्यक्रमले इलेक्टोनिक ड्रायर र रोलिङ मेसिन राखेर अर्थोडक्स चियाको गुण परीक्षणसँगै नयाँ चिया जात अनुसन्धान शुरु गरेको कार्यालयका निमित्त प्रमुख महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । अनुसन्धानले आफ्नै गुण र जात भएको नेपाली चिया उत्पादन गर्नेछ ।

चिया अनुसन्धानमा केही वैज्ञानिकको आवश्यकता रहेको छ सो दरबन्दी पूरा भए अनुसन्धानले आगामी पाँच वर्षमा चियाको आफ्नै जात तयार गरेर विश्व बजारमा लैजाने योजना रहेको केन्द्रले बताएको छ ।

नेपाली चियाको जात नभएका कारण परेका विभिन्न समस्यालाई समाधान गर्न चिया क्षेत्रमा अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान केन्द्रमा १६ जना वैज्ञानिकको दरबन्दीमा हाल सातजनाले धनकुटा जिल्ला र इलाम जिल्लाको तीन स्थानमा अर्थोडक्स चियामा अनुसन्धान गरिरहेको यादवले बताउनुभयो ।

झापा जिल्लामा उत्पादन हुने सिटिसी चिया र अन्य जिल्लाका उत्पादित चियामा समेत अनुसन्धान गर्न शुरु गर्ने कार्यालयको योजना रहेको यादवले बताउनुभयो । धनकुटा जिल्लाको कूल ५१४ हेक्टरमा चियाखेती हुँदै आएको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।

विगत २०३९ सालबाट तत्कालीन राजा वीरेन्द्र शाहले चिया क्षेत्र घोषणा गरेका पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलगायतका जिल्लामा हाल १४ हजार ७३२ हेक्टरमा व्यावसायिक चियाखेती हुँदै आएको कार्यालयको तथ्यांकमा रहेको छ । नेपाली चियाको आफ्नै जात नहुँदा नेपालबाट विश्व बजारमा पहिचान नहुँदा दाजिलिङ, तिब्बत चियाको नाममा बाहिर निर्यात हुनेगरेको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।

अनुसन्धान केन्द्र पाख्रीबासमा चिया अनुुसन्धानसँगै हाल किसानले उत्पादन गर्ने हरियो पत्ती प्रशोधन गर्न रु १० लाखको लागतमा दैनिक ३६ किलोग्राम हरियो चिया प्रशोधन गरिँदै आएको अनुुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले धनकुटालगायत पूर्वका विभिन्न जिल्लामा उत्पादन भएका चियाको गुणस्तरको बारेमा अनुसन्धान गर्ने र प्रशोधन गर्ने कार्यसमेत अगाडि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
हरेक दिन नेपाल विकासको तीव्र गतिमा : प्रम ओली
हरेक दिन नेपाल विकासको तीव्र गतिमा : प्रम ओली
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
प्रमुख अपराधका घटनामा प्रहरी आफै विवादमा किन!
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने
सर्वेन्द्र खनाललाई पत्र पठाउँदा कानको जाली फुट्ने गरी कुटाइ खाए जवानले