३० करोडमा कुमारीत्व लिलामी
सारांश
- न्युयोर्क- १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलर अर्थात ३० करोडमा नेपाली रुपैयामा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।
- कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् ।
- कुमारीत्व बिक्रीसम्बन्धी घोषणा उनले एक जर्मन एस्कोट कम्पनी सिन्ड्रेलामार्फत गरेकी हुन्।
न्युयोर्क- १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलर अर्थात ३० करोडमा नेपाली रुपैयामा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।
कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् । कुमारीत्व बिक्रीसम्बन्धी घोषणा उनले एक जर्मन एस्कोट कम्पनी सिन्ड्रेलामार्फत गरेकी हुन्। एक अबुधावीमा व्यापारीले २९ लाख अमेरिकी डलर तिरेको बताइएको छ।
क्रेताका रूपमा एक हलिउड कलाकार तथा रूसी नेता रहेका छन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ।
उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छन् ।
उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।
सिन्ड्रोलामार्फत कुमारित्व ब्रिकी भएको पहिलो पटक भने होइन। एकअघि सन् २०१६ मा एक १८ वर्षिया किशोरीले सो कम्पनीमार्फत आफ्नो कुमारित्व २५ लाख अमेरिकी डलरमा बिक्री गरेकी थिइन्।
प्रतिक्रिया