३७ नेपाली महिलाहरुकाे उद्धार, यी हुन नेपाली मानव तस्करी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
३७ नेपाली महिलाहरुकाे उद्धार, यी हुन नेपाली मानव तस्करी

सारांश

  • काठमाडाै, ७ कात्तिक।
  • घरेलु कामदारका रूपमा खाडीमुलुकमा पठाउने बहानामा  मानव तस्करकाे समुहले   भारतका बिभिन्न स्थानमा पुराएकाे करीब  ३७ नेपाली महिलाहरुकाे उद्धार गरिएको छ ।
  • पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

काठमाडाै, ७ कात्तिक। घरेलु कामदारका रूपमा खाडीमुलुकमा पठाउने बहानामा  मानव तस्करकाे समुहले   भारतका बिभिन्न स्थानमा पुराएकाे करीब  ३७ नेपाली महिलाहरुकाे उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ । सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको थियो । मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मारेर थप ९ जना नेपाली महिलालाई उद्धार गरेको थियो । ती सात महिलाहरुसँगै भारतसम्म पुर्‍याइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद भएका छन् जसमा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ । उनीहरुलाई आकर्षक तलबको लोभ देखाइएको थियो ।

तस्करको पहिचान !

मानव तस्करीको यो सञ्जालमा तीन जना मुख्य व्यक्ति संलग्न रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् । अनिलले दुबईबाट गणेशसमक्ष नेपाली महिलाहरुको माग पठाउँछन् । गणेशले महिलाहरुलाई जम्मा गर्दछन् र बसमार्फत केदारनाथसम्म पुर्‍याउँछन् ।

केदारनाथलाई पक्राउसमेत गरिसकिएको गाजिवादका एसएसपी वैभव कृष्णले बताएका छन् । गणेशसँगै उनका दुई सहयोगी रोमियो जोशी र ज्ञानेन्द्र गिरि पनि पक्राउ परेका छन् । जोशी र गिरीले केदारनाथ भन्ने व्यक्तिको सम्पर्कमा आएका महिलाहरुलाई इन्दिरापुरममा बस्ने व्यवस्था मिलाउने गरेको आरोप छ । त्यसबाफत केदारनाथले एक जना महिला बराबर एक हजार रुपैयाँ उनीहरुलाई दिने गरेको प्रहरीसमक्ष बताएका छन् ।

यो समूहले इन्दिरापुरम र दिल्लीको बसन्तकुञ्जको एक फ्ल्याटमा बसेर आवश्यक कागजपत्र लगायतका सबै प्रक्रिया पूरा गर्ने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन :  शेखर कोईराला
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन : शेखर कोईराला
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने
कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
असाधारण अमेरिकी निर्वाचन अन्तिम भागमा प्रवेश
असाधारण अमेरिकी निर्वाचन अन्तिम भागमा प्रवेश
मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’
मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’