सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ

सारांश

  • शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारीबाट अटोमेटिक इटालियन पेस्तोल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
  • दिउँसो साढे तीन बजे सल्लाघारीस्थित चंगागणेश रेष्टुरेन्ट एण्ड बारबाट कालिकोट तिलागुफा नगरपालिका १ बस्ने २५ वर्षीय मोतिलाल शाही, कालिकोट जिल्ला तिलागुफा नगरपालिका ३ बस्ने २१ वर्षीय बलद्विप शाही, मुगु जिल्ला खत्ने गाउँपालिका २ बस्ने २२ वर्षीय भिमप्रसाद दाहाल र कालिकोट मैवी गाउँपालिका २ बस्ने १८ वर्षीय जागेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।
  • ब्यूरोले नियन्त्रणमा लिइएकाहरुबाट एक थान इटालियन अटोमेटिक पेस्तोल, ५ राउण्ड गोली र एक थान म्यागेजिन समेत बरामद गरेको छ ।

शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारीबाट अटोमेटिक इटालियन पेस्तोल सहित चार जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो साढे तीन बजे सल्लाघारीस्थित चंगागणेश रेष्टुरेन्ट एण्ड बारबाट कालिकोट तिलागुफा नगरपालिका १ बस्ने २५ वर्षीय मोतिलाल शाही, कालिकोट जिल्ला तिलागुफा नगरपालिका ३ बस्ने २१ वर्षीय बलद्विप शाही, मुगु जिल्ला खत्ने गाउँपालिका २ बस्ने २२ वर्षीय भिमप्रसाद दाहाल र कालिकोट मैवी गाउँपालिका २ बस्ने १८ वर्षीय जागेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।

ब्यूरोले नियन्त्रणमा लिइएकाहरुबाट एक थान इटालियन अटोमेटिक पेस्तोल, ५ राउण्ड गोली र एक थान म्यागेजिन समेत बरामद गरेको छ । नियन्त्रणा लिइएका चारै जनालाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म औद्योगिक सुरक्षा भक्तपुर नंवर २८ गुल्ममा बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?