प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
सारांश
- काठमाडौं, १६ पुस ।
- प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको सुनुवाई भोली हुने भएको छ ।
- संसदिय सुनुवाई समितिले उनीबिरुद्ध परेको उजुरीको बिषयमा छलफल गर्न हिजै बोलाए पनि संसदका कर्मचारीको अबरोधले सुनुवाई अवरुद्ध भएको हो ।
काठमाडौं, १६ पुस । प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको सुनुवाई भोली हुने भएको छ । संसदिय सुनुवाई समितिले उनीबिरुद्ध परेको उजुरीको बिषयमा छलफल गर्न हिजै बोलाए पनि संसदका कर्मचारीको अबरोधले सुनुवाई अवरुद्ध भएको हो ।
समितिमा उनले हिजो भावी कार्ययोजना र अबधारणा प्रस्तुत गरेका थिए । सांसदले सोधेका प्रश्नको उत्तर दिन नपाउदै सुनुवाई भोलि सम्मको लागी स्थगित गरिएको हो । गत मंसिर २७ मा भावि प्रधान्यायाधिशका रुपमा सिफारिस हुनुभएका राणा प्रधानन्याधिश हुने या नहुने भन्ने छिनोफानो भोलि मात्रै हुनेछ ।
भोलीको सुनुवाई समिति बैठकमा राणाले संसदले सोधेका प्रश्नको जवाफ दिनेछन् र जवाफ चित्तबुझ्दो आए उनी भोली नै भाबी प्रधानन्यायाधिसको रुपमा स्वकृत हुनेछन् ।
प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले भोलिबाट उमेरहदका कारण अबकाशमा जाने हुँदा बुधबार सम्म प्रधानन्याधिश चुनिसक्नु पर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया