चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो

सारांश

  • काठमाडौं, १९ पुस।
  •  प्रिमियर लिगमा चेल्सी भने बटम थ्री मा रहेको क्लव साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो ।
  • जितपछि युनाईटेडले २१ खेलबाट ३८ अंक बनाएको छ भने चेल्सीको ४४ अंक छ ।

काठमाडौं, १९ पुस। प्रिमियर लिगमा चेल्सी भने बटम थ्री मा रहेको क्लव साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो । जितपछि युनाईटेडले २१ खेलबाट ३८ अंक बनाएको छ भने चेल्सीको ४४ अंक छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा महत्वपूर्ण जित निकाल्दै बर्नली रेलिगेशन जोनबाट माथि उक्लिएको छ ।

अवे मैदानमा भएको खेलमा बर्नलीले पहिलो १० खेलाडीमा सीमित भएको हडर्ल्सफिल्ड टाउनलाई २–१ ले हराएको हो । खेलमा अग्रता हडर्ल्सफिल्डले लिएको भए पनि जित बर्नलीले दर्ता गरेको हो ।

३३ औँ मिनेटमा स्टिभ मुनिएले गोल गर्दै हडर्ल्सफिल्ड टाउनलाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा एशली वेस्टवुडले बर्नलीका लागि बराबरी गोल फर्काए ।

४१ औँ मिनेटमा क्रिष्टोफर शिन्डलर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हडर्ल्डफिल्ड १० खेलाडीमा सीमित भयो ।

७४ औँ मिनेटमा एशली बार्न्सले गोल गरेपछि बर्नलीले २–१ को जित दर्ता गरेको हो ।९० औँ मिनेटमा रोबी ब्रेडी सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिमको इन्जुरी समयमा बर्नली पनि १० खेलाडीमा सीमित भयो ।

महत्वपूर्ण जितपछि रेलिगेशन जोनबाट बाहिर आएको बर्नली २१ खेलबाट १८ अंकसहित १६ औँ स्थानमा पुगेको छ । पुछारको हडर्ल्डफिल्डको १० अंक छ ।

बुधबार राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले वुल्भ्सलाई २–० ले हराएको छ भने चेल्सी साउथह्याम्पटनसँग गोलरहित तथा बोर्नमाउथ वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?