पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
सारांश
- म्याग्दी ।
- राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ।
- शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन्।
म्याग्दी । राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ।
शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन्।
अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले भने। समझदारीपत्रमा नगर तथा गाउँपालिकाका इञ्जिनीयर, सब-इञ्जिनीयर, असिस्टेण्ट सब-इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका तथा गाउँपालिकाको हुने उल्लेख गरिएको छ।
स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाको समेत सहभागिता रहेको थियो।
प्रतिक्रिया