अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
सारांश
- सप्तरी ।
- सप्तरीको विष्णपुर गाउँपालिकास्थित अधुरो छोडिएको पुलमा मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
- सप्तरीको कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको मृत्यु भएको हो ।
सप्तरी । सप्तरीको विष्णपुर गाउँपालिकास्थित अधुरो छोडिएको पुलमा मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । सप्तरीको कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको मृत्यु भएको हो । अधुरो छोडिएको पुलको फलामे छड उनको छातीमा रोपिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरियाका सशस्त्र प्रही ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजमा उपचार हुन नसकेपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार को.४प १७७ नंको मोटरसाइकल निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो ।
प्रतिक्रिया