बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !

सारांश

  • बुटवल, जिल्लाको एक मात्र उपमहानगरपालिका बुटवल उपमहानगरपालिकामा नेकपा एमालले विजयी सुरुवात गरेको छ ।
  • बुटवलको वडा नं.
  • १ मा नेकपा एमालेका मेहन्द्र लिगल विजयी हुनुभएको हो ।

बुटवल,
जिल्लाको एक मात्र उपमहानगरपालिका बुटवल उपमहानगरपालिकामा नेकपा एमालले विजयी सुरुवात गरेको छ । बुटवलको वडा नं. १ मा नेकपा एमालेका मेहन्द्र लिगल विजयी हुनुभएको हो । उहाँले ६ सय ६० मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसका नरेन्द्र बस्नेतले ५ सय २५ मत प्राप्त गर्नुभयो । वडा नं. १ बाट एक महिला सदस्य बाहेक अन्य सम्पुर्ण पदमा एमाले विजयी भएको हो । १८ सय ७१ मतको मतपरिणाम सार्वजनिक हुँदा वडा अध्यक्षमा एमाले विजयी भएपनि मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।
१८ सय ७१ मतको परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले ९७७ मत प्राप्त गर्नुभएको छ भने एमालेका शिवराज सुवेदीले ५ सय ९४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरमा भने विहानै देखि नै नेकपा एमालेकी गोमा आचार्यले अग्रता कायमै राख्नुभएको छ । उहाँले पछिल्लो परिणाम अनुसार ६ सय ८४ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रका जगत पोखरेलले ६ सय ८२ मत प्राप्त गर्नुभयो । २ मतले एमाले उपमेयर पदकी उम्मेदवार आचार्यले अग्रता बनाउनुभएको छ । अब बुटवलको वडा नं. २ को मतगणना सुरु भएको छ । जुन वडाबाट २३ सय ८६ मत खसेको छ ।

धनकुटा,
साँगुरीगढी गाउँपालिकामा एमाले र कांग्रेसका अध्यक्षका उम्मेदवारको बराबरी मत भएको छ । ६ सय मत गन्दा एमाले र कांग्रेसका उम्मेदवार समान २१९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी उम्मेदवारले २०९ मत र संघीय समाजवादी फोरमका उम्मेदवारले १५४ मत पाएका छन् ।

छथर जोरपाटी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारले ३५४ र उपाध्यक्षले ३४१ मत पाएका छन् । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार २३१ र उपाध्यक्षले २६२ मत पाएका छन् ।
खाल्सा छिन्ताङ गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारले ९३३ र उपाध्यक्षले ९६८ मत पाएका छन् । त्यस्तै कांग्रेसका अध्यक्ष उम्मेदवारले ५०५ र उपाध्यक्षले ४०८ मत पाएका छन् ।

महालक्ष्मीमा नगरपालिकामा पनि एमालेले मेयरमा ६२१ र उपमेयरमा ६५४ मत पाएका छन् । कांग्रेसले मेयरमा १९६ र उपमेयरमा राप्रपा १७० मत पाएको छ ।

धनकुटा नगरपालिकामा एमालेका मेयरले १ हजार २७५ र उपमेयरले १ हजार २९३ मत पाएका छन् । माओवादी केन्द्रका मेयरले ३०९ र उपमेयर ३ सय मत पाएका छन् । कांग्रेसका मेयरले ३०१ र उपमेयरमा ३८७ मत पाएका छन् ।

पाख्रीबास नगरपालिकामा एमालेले मेयरमा २७४ र उपमेयरमा २९५ मत पाएको छ । कांग्रेसले मेयरमा २१३ र उपमेयरमा १७९ मत पाएको छ ।

चौविसे गाउँपालिकामा मा एमालेले अध्यक्षमा २६७ र उपाध्यक्षमा २८६ मत पाएको छ । कांग्रेसले अध्यक्षमा १६८ र उपाध्यक्षमा संघीय समाजवादी फोरमले २२७ मत पाएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविवाहित महिलाले नवजात शिशुलाई झाडीमा फालेपछि‘
अविवाहित महिलाले नवजात शिशुलाई झाडीमा फालेपछि‘
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु
यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु
Finally! Armaan Kohli arrested by police in GF Neeru Randhawa’s assault case
Finally! Armaan Kohli arrested by police in GF Neeru Randhawa’s assault case
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सकियो अदालतको शरणमा पुगेका रेशम चौधरीको बयान
सकियो अदालतको शरणमा पुगेका रेशम चौधरीको बयान
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्किने
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा

तपाईंले छुटाउनुभयो कि?