३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति

सारांश

  • काठमाडौँ ।
  •  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो ।

तस्करीको ३३ किलो सुन प्रकरणमा मुछिएपछि अख्तियारको आखामा परेका उनीमाथि छानबिन गर्दा १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पुर्‍याएको देखिन आएको हो । अख्तियारले प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताएको छ ।

अख्तियारका अनुसार वैधानिक आय जम्मा ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रूपैयाँ रहेका श्रेष्ठको सम्पती करिब १४ करोड बढी देखिएको हो ।उनले विभिन्न ठाउँमा गरेको लगानी र खर्च जोड्दा उनको सम्पत्ति १९ करोड ७४ लाख ५५ हजार ८ हजार १६ रूपैयाँ देखिएको थियो। वैधानिक रकम घटाउँदा उनको स्रोत नखुलेको सम्पत्ति १० करोड ११ लाख हुन्छ।

यसबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समते जोड्दा १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मंगलबार श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले श्रेष्ठको १४ करोड ६१ लाख रूपैयाँ बराबरको सम्पत्ति जफत गर्न उनका बुवाआमा, दुवैजना श्रीमती, भाइ र भाइबुहारीलाई पनि मुद्दाका प्रतिवादी बनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा २० बमोजिम २ वर्षसम्म कैद र १४ करोड नै जरिवाना तिराउनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?