इतिहास रच्यो नेपालले, यूएई १४ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
इतिहास रच्यो नेपालले, यूएई १४ रनले पराजित

सारांश

  • यूएईविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वेन्टीमा नेपालसँग युएई पराजित बनेको छ ।
  • नेपालले दिएको १०५ रनको लक्ष्य यूएईले पुरा गर्न सकेन ।
  • यूएई नेपालसँग १४ रनले पराजित बनेको हो ।

यूएईविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वेन्टीमा नेपालसँग युएई पराजित बनेको छ । नेपालले दिएको १०५ रनको लक्ष्य यूएईले पुरा गर्न सकेन । यूएई नेपालसँग १४ रनले पराजित बनेको हो । वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको जोडेको थियो ।

वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा यूएईले एक सय ५ रनको लक्ष्य पाएपनि निर्धारित ओभरमा ८  विकेट गुमाएर मात्र ९० रन जोड्न सक्यो। यूएईका साइमन अनवरले ३० र घुलाम सब्बरले २५ रन जोडे। यूएईलाई अन्तिम ओभरमा २० रन आवश्यक थियो। नेपालका करन केसी , ललित राजबंशी र अविनाश बोहोराले दुई दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।

दुई ओभरमा २९ रन जोडेको यूएई सुरुमा निकै बलियो देखिएको थियो। यूएईले चार ओभर तीन बलमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो। तर तेस्रो विकेटका रुपमा सब्बरलाई अविनाश बोहोराले आउट गरेपछि यूएई दबाबमा आएको थियो। यूएईले पाँच ओभरमा ६० रन जोडेको अवस्थामा छैटौँ ओभरमा सन्दीप लामिछाने बलिङमा आएका थिए।

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले उक्त ओभरको तेस्रो बलमा टोलीको चौथो विकेटका रुपमा मोहम्मद उसमानलाई आउट गरे। उक्त ओभरमा सन्दीपले केवल तीन रनमात्र खर्चिए। यूएईले सात ओभरमा तीन विकेट गुमाएर ७३ रन जोडेको अवस्थामा करन केसी आठौँ ओभरमा बलिङमा आएका थिए। त्यस ओभरमा करनले मोहम्मद नाविद र अनवरलाई आउट गरे। त्यस ओभरमा उनले चार रनमात्र खर्चिए। करनले पहिलो ओभरमा १० रन खर्चिएका थिए।

आजको अन्तिम खेलमा नेपालका कप्तान पारस खड्काले १४ बलमा एक छक्का र चार चौकासहित २९ रन जोडे। सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन बनाए । विनोद भन्डारीले १३ बलमा १ छक्का र २ चौकासहित २१ रन जोडे । करन केसीले पाँच बलमा एक छक्कासहित १० रन बनाए । टस जितेको यूएईले नेपाललाई पहिला ब्याटिङ गर्न दिएको थियो ।

जीतसँगै यूएई भ्रमणमा रहेको नेपालले टी–ट्वेन्टी श्रृंखलामाथि २–१ ले विजय हात पारेको छ । नेपालले यसअघि भएको तीन खेलको एकदिवशीय शृंखला २–१ ले जितेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?