समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सारांश

  • काठमाडौँ,२५ माघ ।
  • प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ,२५ माघ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन फोहर बढ्दै गएको सन्दर्भमा त्यसको सही व्यवस्थापन गर्न माग गर्नुुभयो ।

सांसद महेश्वरजङ्ग गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाएर राखेको भन्दै त्यसबारे चासो देखाउन सरकारसँग अपिल गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो ।सांसद यशोदा सुवेदीले लमजुङको वेँसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रङ्गमती शाहीले हुम्ला जिल्लामा समयमा खाद्यान्न नपुग्दा जनता सास्ती खेप्न बाध्य हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले मुलुकको शान्ति, सुरक्षा र बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका विषयमा आवश्यक काम गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से आज ३५ अङ्कले घट्यो
नेप्से आज ३५ अङ्कले घट्यो
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
उपनिर्वाचनको तयारीमा जुट्यो कांग्रेस
उपनिर्वाचनको तयारीमा जुट्यो कांग्रेस
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने
लोरिएन्टसँग घरेलु मैदानमा पिएसजीको हार
लोरिएन्टसँग घरेलु मैदानमा पिएसजीको हार
२० वर्षदेखि ओडारमै बस्छन् रूपसिंह चेपाङ
२० वर्षदेखि ओडारमै बस्छन् रूपसिंह चेपाङ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन