मकवानपुर ट्राफिकद्वारा चालकको स्वास्थ परिक्षण ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मकवानपुर ट्राफिकद्वारा चालकको स्वास्थ परिक्षण ।

सारांश

  • हेटौडा -३ फागुन  ,जिल्ला ट्राफिक कार्यालय मकवानपुरले दुर्घटना न्यूनीकरण को लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।
  • जस अन्तर्गत यहि फागुन २ गते मनहरी गाउपलिका वार्ड  न -७ इलाका प्रहरी कार्यालय मनहरीको परिसरमा चालकहरुको स्वास्थ परिक्षण गरिएको छ।
  • उक्त शिविरमा बसका २९ ,ट्रक टिपर ट्यांकरका ५१ जना ,म्याजिक जिप कार २३ सवारी साधनका २४ चालक र सहचालक गरी १५० जनाको स्वास्थ परिक्षण गरिएको थियो।

हेटौडा -३ फागुन  ,जिल्ला ट्राफिक कार्यालय मकवानपुरले दुर्घटना न्यूनीकरण को लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ। जस अन्तर्गत यहि फागुन २ गते मनहरी गाउपलिका वार्ड  न -७ इलाका प्रहरी कार्यालय मनहरीको परिसरमा चालकहरुको स्वास्थ परिक्षण गरिएको छ। उक्त शिविरमा बसका २९ ,ट्रक टिपर ट्यांकरका ५१ जना ,म्याजिक जिप कार २३ सवारी साधनका २४ चालक र सहचालक गरी १५० जनाको स्वास्थ परिक्षण गरिएको थियो। उक्त कार्यक्रम संचालन गर्न इलाका स्वास्थ चौकी मनहरी ,सामुदायिक आखा अस्पताल ,इ रिक्सा व्यवसायी संघ मनहरी तथा अन्य सरोकारवाला निकायहरुले सहकार्य गरेका थिए। उक्त चालकको स्वास्थ चेकजाच संगै सवारी साधनको अवस्थाको पनि जाच गरिएको थियो।   ५७ गाडीमा ट्राफिक जनचेतनामुलक स्टिकर टासीनुका साथै ३६५ सवारी साधनहरुमा पम्प्लेट वितरण गरिएको  जिल्ला ट्राफिक प्रमुख बिरेन्द्र कुमार ठाकुरले बताए। मनहरीमा भएको कार्यक्रममा  चालकहरु एकदमै उत्साहित र खुशी भै सहभागी  भएको  पाइएको र यस्ता कार्यक्रमलाइ  थप निरन्तरता दिइने  प्रहरी निरिक्षक ठाकुरले बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?