पूर्खाले ज्यान दिएर बचाएको देश हामी अडानमा बसे पुग्छ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पूर्खाले ज्यान दिएर बचाएको देश हामी अडानमा बसे पुग्छ : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाएकाले हामी अडानमा बसेमात्र पुग्ने बताएका छन् ।
  • काजी कालु पाण्डेको समाधीस्थल पुगेर प्रधानमन्त्री ओलीले नेपालीको लागि तीर्थस्थल भएको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाएकाले हामी अडानमा बसेमात्र पुग्ने बताएका छन् ।

काजी कालु पाण्डेको समाधीस्थल पुगेर प्रधानमन्त्री ओलीले नेपालीको लागि तीर्थस्थल भएको बताएका छन् । “हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रको पहिचानको निम्ति राष्ट्रको रक्षाका निम्ति एकीकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।”

काजी कालु पाण्डेको समाधीस्थलमा दहचोकमा आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाण्डेको पूर्णकदको सालिक अनावरण, श्रद्धान्जली ब्यक्त गर्ने गरेका छन् ।

चन्द्रागिरी नगरपालिका रहेको ठाउँमा प्रधानमन्त्री ओलीले गतवर्ष पाँचतले भ्यूटावर शिलान्यास गरेका छन् । टावरको दुई तला निर्माण भइसकेको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल एकीकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा देशका लागि जीवन आहुती दिएर असाधरण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
सप्तकोशी बाँधमा आइएसले  विस्फोटन गराउन थालेको  प्रचार,कोशी आतंकवादी को निशानामा,
सप्तकोशी बाँधमा आइएसले विस्फोटन गराउन थालेको प्रचार,कोशी आतंकवादी को निशानामा,
आयुष्माको पोल्टामा लिटिल मिस दाङको उपाधि
आयुष्माको पोल्टामा लिटिल मिस दाङको उपाधि

तपाईंले छुटाउनुभयो कि?