कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
५० पटक हेरिएको
Shares
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

सारांश

  • कास्की, १० फागुन , कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ ।
  • भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।
  • सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गर्नुभयो ।

कास्की, १० फागुन , कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।

सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गर्नुभयो । कृषि क्षेत्रको व्यावसायिकतामा विकास गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न मन्त्रालयले कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रमलाई बैंकले प्राथमिकता दिने समझदारी भएको छ ।

कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकम बैंकले खातामार्फत प्रदान गर्ने र शाखा नभएको ठाउँमा अन्य बैंकसँगको सहकार्यमा शून्य मौज्दातमा खाता खोल्ने सम्झौतामा उल्लेख छ । त्यस्तै बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने उल्लेख छ ।

मन्त्रालयका सचिव श्रेष्ठले सम्झौताबाट मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो । बैंकका निर्देशक सापकोटाले बैंकले यसअघि सहुलियत कर्जामा विनाधितो लगानी नगरेको र यसपछि पाँच प्रतिशत ब्याजदरमा लगानी गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा
पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा
प्रियंका चाेपडा बन्दै मिस जाेनस !
प्रियंका चाेपडा बन्दै मिस जाेनस !
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …
आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय