विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा

सारांश

  • काठमाडौं १२,फागुन।
  • गृहमन्त्री रामबहादुर थापा बादलले पहिले उन्मुक्ति दिएपनि विप्लव नेतृत्वको नेकपालाई अव छुट नदिने बताएका छन् ।
  • आइतवार एनसेलमाथी गरिएको आक्रमणलाई लिएर संसदको राज्य ब्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले राजनीतिक आडमा गरिएको अपराधलाई छुट दिन नसकिने बताए ।

काठमाडौं १२,फागुन। गृहमन्त्री रामबहादुर थापा बादलले पहिले उन्मुक्ति दिएपनि विप्लव नेतृत्वको नेकपालाई अव छुट नदिने बताएका छन् । आइतवार एनसेलमाथी गरिएको आक्रमणलाई लिएर संसदको राज्य ब्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले राजनीतिक आडमा गरिएको अपराधलाई छुट दिन नसकिने बताए ।

शुक्रबार एनसेलको मुख्यालयदेखि २० जिल्लामा रहेका टावरमाथी आक्रमण गरिएको थियो । आक्रमण विप्लव नेतृत्वको नेकपाले गरेको गृहमन्त्री थापाले बताए ।

गृहमन्त्री थापाले एनसेलमाथी बम हमला विप्लव नेकपाले गरेको बताएपनि उनीहरुले भने आधिकारिकरुपमा जिम्मा लिइसकेका छैनन् । ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन। तर अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ’ थापाले भने ।

गृहमन्त्री थापाले केही दिनअघि विप्लव समुहको बैठक बसेको र एनसेलमाथी आक्रमण गर्ने योजना पारित भएको जानकारी गृहमन्त्रालयमा आएको बताए । विप्लव नेकपाको केन्द्रीय योजना अनुसार नै देशभर आक्रमण भएको दावी गर्दै गृहमन्त्री थापाले सत्ता उल्टाउनका लागि उनीहरुले यस्ता हर्कतहरु गरिरहेको बताए ।

(https://boxmining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?