‘अधिकारीको निधनले मुलुकलाई ठूलो क्षति

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
‘अधिकारीको निधनले मुलुकलाई ठूलो क्षति

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको पनि प्रतिक्रिया दिए ।

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘उहाँले नेपालको विद्यार्थी आन्दोलनलाई मूल प्रवाहमा ल्याउनुभएको हो । विद्यार्थी आन्दोलनलाई दिशा दिने काम उहाँले गर्नुभयो । उहाँ सबै पार्टीका युवा नेताहरुको लागि रोलमोडलका रुपमा स्थापित हुनुहुन्थ्यो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले स्वर्गी अधिकारी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिएको सुनाए । उनले भने,‘उहाँ बोलेको कुरा पुरा गर्नुहुन्थ्यो । उहाँ बोल्दै बोल्नुहुन्न थियो, बोलेपछि परीणाम दिएरै छोड्नुहुन्थ्यो ।’

उनले अधिकारीले सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुटको लागि सशक्त भूमिका खेलेको भन्दै उक्त योगदानको सँधै स्मरण रहिरहने पनि जनाए । उनले भने,‘सिमा सुरक्षाको अभियान पनि चलाउनुभयो । उहाँले धेरै अनुकरणीय काम गर्नुभएको थियो ।’

संसदको विसका समितिको सभापति हुँदादेखि अहिले पर्यटनमन्त्री हुँदा अधिकारीले प्रभावकारी काम गरेको उनले जनाए । उनले भने,‘उहाँले देशलाई समृद्ध बनाउनुपर्छ भनेर धेरै सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय मन्त्री भएपछि त उहाँले पर्यटन क्षेत्रको

विकासको लागि अतुलनीय योगदान पुर्याउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण द्रुत गतिमा गर्नुपर्छ भनेर लागिरहनुभएको थियो ।’ उनले अधिकारीले नेकपाको मात्रै नभएर सिँगो नेपालको प्रिय विकासवादी युवा नेताको छबि बनाएको विश्वास दिलाए । उनले भने,‘उहाँको अभाव यो राष्ट्रलाई सँधै खड्किरहन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी बनेको थियो दरबारमार्ग बलात्कारको योजना
यसरी बनेको थियो दरबारमार्ग बलात्कारको योजना
श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
आजको राशिफल
आजको राशिफल
मकवानपुर-मा एमालेका महेश बर्तौला निर्वाचित
मकवानपुर-मा एमालेका महेश बर्तौला निर्वाचित
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
आइपिएल बीचैमा छोडेर किन नेपाल आए सन्दीप लामिछाने ?
आइपिएल बीचैमा छोडेर किन नेपाल आए सन्दीप लामिछाने ?

तपाईंले छुटाउनुभयो कि?