निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
सारांश
- काठमाडौं।
- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका अभियुक्त तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटी तोकिएको छ ।
- आइतबार जिल्ला न्यायाधीश डा.
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका अभियुक्त तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटी तोकिएको छ ।
आइतबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजालासले विष्टलाई सो धरौटी निर्धारण गरेको हो । यातनाविरुद्धको मुद्दामा साढे चार लाख र सार्वजनिक न्याय बिरुद्धको कसुरमा ६ लाख धरौटी आजै ४ बजे भित्र बुझाउनु पर्ने गरी विष्टमाथि सुनुवाई गरिएको हो ।
तत्कालीन एसपी विष्टसहित आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् । यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । अभियोग लागेका ६ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया