प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस

सारांश

  • संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सिफारिस गरेको छ ।
  • प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले आज थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
  • निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले आज थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य हुनुहुन्छ । परिषद्को आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ । परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाउनुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?