फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?

सारांश

  • शुक्रबारदेखि शुभ लभ र साइँली प्रदर्शनमा आएका छन् ।
  • प्रदर्शनमा आएका दुई फिल्ममध्ये साइँली कबड्डी फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
  • त्यस्तै शुभ लभको निर्देशक सन्तोषबाबु लोहनी हुन् ।

शुक्रबारदेखि शुभ लभ र साइँली प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका दुई फिल्ममध्ये साइँली कबड्डी फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । त्यस्तै शुभ लभको निर्देशक सन्तोषबाबु लोहनी हुन् ।

हेमन्त रानाको साइँली गीत चर्चित भएपछि सोही गीतमा आवद्ध भएका गौरव पहाडी, रानाको सहकार्यमा साइँली निर्माण गरिएको हो । साइँलीमा गौरव बाहेक मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतको अभियन छ ।

त्यस्तै शुभ लभमा सेलिब्रेटी ज्योतिष हरिहर अधिकारी लिड रोलमा छन् । हरिहरको अपोजिटमा क्रिष्टिना पौडेल छिन् । शुभ लभ दुवैको डेब्यू फिल्म हो । हरिहर र क्रिष्टिना बाहेक फिल्ममा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदिप बास्तोला लगायतको पनि अभिनय रहेको छ ।

कसको पल्ला भारी ?

स्टारकास्टको हिसावले शुभ लभभन्दा साइँलीको पल्ला अलि भारी देखिन्छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म प्रति सञ्चारकर्मी तर दर्शकको विश्वास अलि बढि देखिन्छ । तर उनको पछिल्लो फिल्म पुरानो डुंगाका कारण भने पछिल्लो समय दर्शकहरु भड्किएको अवस्था हो । यद्यपी फिल्ममा रहेका गौरव, मेनुका र दयाहाङ लगायतका कारण दर्शक हलसम्म पुग्न सक्ने सम्भावना चाहिँ नभएको होइन । यद्यपी केही समययता यी सब कलकारको स्टारडम खस्किएका कारण हलसम्म दर्शक तान्न सक्छन् भन्नेमा विश्वस्त हुन सकिन्न । तर फिल्मको प्रिमियर पश्चात साइँलीले सकरात्मक समीक्षा र टिप्पणी भने पाइरहेको छ । गरिबी र अभावको कथालाई उठाएको यो फिल्मलाई नेपाली माटो सुहाउँदो भनेर समीक्षक तथा पत्रकारबाट प्रतिक्रिया प्राप्त भएको छ ।

ज्योतिष विद्या र पूर्वीय आयुर्वेद उपचार पद्धतीमा आधारित रहेर निर्माण भएको लभस्टोरी फिल्म हो शुभ लभ । प्रदर्शनको पहिलो दिनको तुलना गर्ने हो भने साइँली भन्दा शुभ लभले पाएको दर्शक कम आँक्न मिल्दैन । साइँलीकै हाराहारीमा दर्शक पाएको छ शुभ लभले पनि । बरु शुक्रबारको बिहानी सोमा कतिपय हलमा दर्शक नभएका कारण साइँलीको सो रद्द गरिएको खबर बाहिरिएको छ ।

युवायुवती बीच सेलिब्रेटी इमेज बनाएका कारण पनि हरिहरको पकेट फलोअर रहेका छन् । उनको ज्योतिष इमेजका फलोअरका कारण पनि शुभ लभले दर्शक पाउने सम्भावना देखिएको छ । तर हलले दर्शक नपाउने खडेरी लागिरहेको समय त्यसको मार यी दुई फिल्ममा पनि नपर्ला भन्न सकिन्न ।

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु
महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार पर्यटक भित्रिए
अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार पर्यटक भित्रिए
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,
सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र
सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने