मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

सारांश

  • भक्तपुर, १५ चैत ।
  • भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ ।
  • भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो ।

भक्तपुर, १५ चैत । भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ ।भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो ।

मोतिबिन्दु शल्यक्रियाको उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमै सबै किसिमका आँखा सेवाको उपचार शुरु हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले सस्तो र गुणस्तरीय सेवा यहाँबाट पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरमा उपलब्ध स्वास्थ्य सेवाले देशभरीका बिरामी लाभान्वित हुने बताउँदै मोतिबिन्दु शल्यक्रिया कार्यक्रमले आँखाका धेरै रोगीले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा आँखा उपचारको सेवा विस २०६३ देखि शुरु भएको बताउँदै अब तिलगङ्गा आँखा अस्पतालमा भन्दा सस्तो र गुणस्तरीय शल्यक्रिया सेवा यहाँ शुरु भएको धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै उहाँले नगरपालिकाले नगरवासीको सुविधाका लागि पाठेघर, मधुमेह, उच्च रक्तचाप, मिर्गौला परीक्षण, खकार, दमखोकी लगायतको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतले स्वास्थ्य क्षेत्रमा थपिएको चुनौतीलाई ख्वप अस्पतालले निजी स्वास्थ्य क्षेत्रसँग प्रतिस्पर्धा गरी जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भनपा– ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख दिवाकर पौडेल, जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख धीरज अधिकारीले यसबाट हुने सेवाका बारेमा चर्चा गर्नुभयो ।

यहाँबाट लेन्सको पावर जाँच, आँखाको एक्स–रे, आँखाभित्र मासु पलाएको, शल्यक्रिया, परेला च्यातिने, मोतिविन्दु, टेढो आँखा जाँच, जलबिन्दु, मेसिनबाट चश्मा जाँच लगायतका सेवा उपलब्ध हुनेछन् । आज र भोलि १३० जना भन्दा बढीे मोतिबिन्दु भएकाको निःशुल्क शल्यक्रिया गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
१२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
१२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
एमसीसीको छलफल सकियो
एमसीसीको छलफल सकियो
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?