विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य

सारांश

  • विवाहमा बेहुला बेहुलीले एक अर्काको साइँली औँलामा औँठी लगाएको देखिँदै आएको छ ।
  • तर, किन लगाइन्छ त साइँली औँलामा औँठी यसबारे भने कमैलाई थाहा छ ।
  • विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा सुुरू भएको थियो ।

विवाहमा बेहुला बेहुलीले एक अर्काको साइँली औँलामा औँठी लगाएको देखिँदै आएको छ । तर, किन लगाइन्छ त साइँली औँलामा औँठी यसबारे भने कमैलाई थाहा छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा सुुरू भएको थियो । त्यसबेलादेखि विवाहमा औँठी लगाउने चलन चल्दै आएको बताइन्छ । पहिला औँठी बेहुलाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचिन रोमन र ग्रीक समयमा चलेको मानिन्छ ।

त्यतिबेला बायाँ हातको साइँली औंलामा औठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?