अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव

सारांश

  • उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताएका छन् ।
  • विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशी नागरिकलाई अंगिकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता हुने व्यवस्था मिलाउनुपर्ने बताए ।
  • संघीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहेका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गर्दै नागरिकता वितरणमा ‘लैङ्गिक विभेद’ कायम रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशी नागरिकलाई अंगिकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता हुने व्यवस्था मिलाउनुपर्ने बताए ।

संघीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहेका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गर्दै नागरिकता वितरणमा ‘लैङ्गिक विभेद’ कायम रहेको उल्लेख गरे । अर्को प्रसंगमा उनले संविधान संशोधन गरी न्याय परिषद्को संरचनामा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । परिषद्को गठन प्रक्रिया पुरानो र त्रुटीपूर्ण रहेकाले राजनीतिक कार्यकर्ताको पहुँच पुग्ने अवस्था रहेको उल्लेख गर्दै संरचना परिवर्तन आवश्यक रहेको उनले बताए ।

न्यायपालिकाको गरिमा, विश्वसनीयता बृद्धि गर्न, निष्पक्ष तथा स्वतन्त्रता कायम गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकलको संरचना निर्माण गर्नुको विकल्प नभएको उनको भनाई थियो ।

विप्लव नेतृत्वको नेकपालाई निषेध गर्नुको कारण राज्यले जनताको जीउधनको सुरक्षा गर्ने प्रमुख जिम्मेवारीबोध गरेको उनले स्पष्ट पारे । विप्लव समूहको माग स्पष्ट नभएको उल्लेख गरे । वर्तमान संविधानले सबैलाई माग राख्ने अधिकार दिएकाले हतियार बोकेर जनता त्रसित पार्नुको औचित्य नरहेको उनको भनाइ थियो ।

सिके राउतकोे समूहबाट तराईका जनताको हकअधिकार स्थापित नहुने पनि यादवले बताए । मधेसवादी दलबीच एकताको प्रसंगमा उनले राष्ट्रिय जनता पार्टीसँग एकता अखबारको पानामा मात्र सिमित रहेको तर, कुनै छलफल र चर्चा पार्टीभित्र नचलेको स्पष्ट पारे ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
काठमाडौं टावर र पाइलटबीचको अन्तिम संवाद यस्तो थियो
काठमाडौं टावर र पाइलटबीचको अन्तिम संवाद यस्तो थियो
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
प्रचण्डकाे पहलमा मुसहर बालबालिकाकाे लागि रकम निकासा
प्रचण्डकाे पहलमा मुसहर बालबालिकाकाे लागि रकम निकासा
महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने
महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या