श्रीमतीलाई कुटेर मारेपछि पक्राउ
सारांश
- रौतहट ।
- रौतहटमा आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
- रौतहटको माधवनारायण नगरपालिका ३ सखुवाका २६ वर्षीय अनिलकुमार साहलाई पत्नी मारेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रौतहट । रौतहटमा आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । रौतहटको माधवनारायण नगरपालिका ३ सखुवाका २६ वर्षीय अनिलकुमार साहलाई पत्नी मारेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अनिलले २१ वर्षीया श्रीमती रमिता साहलाई सोमबार राति कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । रमिताको नेशनल मेडिकल कलेज बीरगञ्ज पठाएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया