पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने भएको छ ।
- तर, केही प्रावधानहरु हटाएर उक्त विद्येयक पारित गर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।
- आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री गोकुल प्रसाद बाँस्कोटासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने भएको छ । तर, केही प्रावधानहरु हटाएर उक्त विद्येयक पारित गर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री गोकुल प्रसाद बाँस्कोटासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।
विद्येयक संसदमा दर्ता नहुँदै पत्रकारहरु आन्दोलित भएका थिए । अहिलेपनि पत्रकारहरु देशव्यापी रुपमा आन्दोलित छन् । तर, प्रधानमन्त्री ओली भने यो विद्येयक कुनैपनि हालतमा फिर्ता नगर्ने निश्कर्षमा पुगेका छन् । ६ दिने लामो विदेश भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएर आएलगत्तै त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीले विद्येयक पारित हुने भन्दै पत्रकारहरुको आन्दोलनको कुनै तुक नभएको जिकिर गरेका थिए ।
प्रतिक्रिया