नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम

सारांश

  • नेपालगञ्ज।
  • प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ।
  • मौसम विभागको यहाँस्थित कार्यालयका अनुसार, बाँके जिल्लाको तापक्रम एक सातादेखि ४१ देखि ४२ डिग्री सेल्सियसको आसपास रहेको छ ।

नेपालगञ्ज। प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ। मौसम विभागको यहाँस्थित कार्यालयका अनुसार, बाँके जिल्लाको तापक्रम एक सातादेखि ४१ देखि ४२ डिग्री सेल्सियसको आसपास रहेको छ । अत्यधिक तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक दिउँसोको समयमा घरबाट बाहिर निस्कदैनन्। असह्य गर्मी तथा तातो हावाका कारण ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ भने सञ्चालनमा रहेका अधिकांश शिक्षण संस्थाको अध्यापन विहानको समयमा हुने गरेको छ ।

अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्ति समय घटाएको छ। विद्युत् आपूर्तिसमेत नियमित हुन नसक्दा नागरिकलाई गर्मीले थप कष्ट पुर्याएको छ। “सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरेका छौँ, तर गर्मीको प्रभाव विद्युतीय उपकरणमा समेत पर्ने भएकाले बिग्रिरहने कारणले आपूर्ति हुने गरेको छ”, नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवको भनाइ छ।

प्रचण्ड गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको पाइन्छ। यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्दछन । वैशाखको १५ देखि ह्वात्तै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन्।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ४०÷५० जना विभिन्न सरुवा रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ। यस वर्षको गर्मीयाम शुरु भएयता बाँके जिल्लामा अहिलेसम्म पानी नपरेपछि धान खेती गर्ने कृषक पनि चिन्तिन हुन थालेका छन्। धानको बीउ झर्ने समय नजिक आइसके पनि पानी नपरेका कारण जिल्लाका कृषकले ‘बियाड’ का लागि धानको बीउ छर्न पाएका छैनन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, कृषकहरुले जेठ महीनाको दोस्रो साताभित्र धानको बीउ छर्न नपाए धान उत्पादनमा हस आउने सम्भावना बढ्दै जाने छ। आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने यस जिल्लाका कृषकले आ–आफ्नो धर्मअनुसार अहिले पानीका लागि देवता रिझाउन विभिन्न धार्मिक अनुष्ठानसमेत गरिरहेको पाइन्छ। बाँकेमा वार्षिक सरदर ५२ हजार हेक्टरमा धान खेती गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु
अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु
काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी
काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
AC/DC guitarist Malcolm Young dies at 64
AC/DC guitarist Malcolm Young dies at 64
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’

तपाईंले छुटाउनुभयो कि?